सुनुवार सेवा समाज तथा वल्लो किरातका अध्यक्षबाट धन्यवाद ज्ञापन ः आदिवासी जनजातिको देशभरि जनशक्ति प्रदर्शन तर उपस्थिति !
चुप्लु दामलोच
६ जेठ, यालाखोम । आज देशभरि आदिवासी जनजातिले विभिन्न नाचगान गरी प्लेकार्ड तथा झाँकी प्रदर्शन गरे । आदिवासी जनजातिको यो शक्ति प्रदर्शनले कसैलाई वाधा पुराएन तर उपस्थिति भने न्यून देखिन्थ्यो । यसै क्रममा कोटेश्वर तीनकुनेमा सुनुवार सेवा समाज लगायत वल्लो किरात संघीय राज्य परिषदले पनि ढोल झेम्टा बजाएर आफ्नो झाँकी प्रस्तुत गरेको थियो । आफ्नै पहिरनमा सजिएका कोइँच, जिरेल, थामि, जेरो, बाहिङहरु सो झाँकीमा आवद्ध थिए । Read the rest of this entry »
कोइँच भूमिको यात्रामा निस्किँदा मीठा मात्र होइन अति तीतो अनुभव
कोइँच भूमिको यात्रामा निस्किँदा मीठा मात्र होइन अति तीतो अनुभव भयो । गाउँ छाडेर परदेशी बनेका सुनुवार हुना नसकेका कोइँचहरुको जे जस्तो फुर्ति देखिए पनि उनीहरुको गाउँमा सुनुवार भेट्नु लगभग मुस्किल परेउ । साथै भाषा र संस्कृति त शुन्य नै पाइयो । सामाजिकीकरण त कतै भेटिएन । तर बाहुन, क्षेत्री, गुरु, शेर्पाले सहयोग गरे । बोल्न पनि पैश तिर्नु पर्ला जस्तो । सबै गाउँमा कोइँचको उपस्थिति १५ प्रतिशत मात्र हाँवा बाहेक ।
रागान पोइँब ग्याँमि ग्योर -थान) उद्घाटन
चुप्लु दामलोच
२७ वैशाख, रागिन । आज क्युइँतिचहरुको मुइग्यो रागिन ग्यामपोइँबको ग्योर -मन्दिर) आज उद्घाटन हुँदै छ । क्युइँतबु कल्याण कोषका अध्यक्ष तथा सुनुावर सेवा समाजका उपाध्यक्ष रणवीर सुनुवारले उद्घाटन गर्नु हुने छ । सुनुवार सेवा समाजको भूमि, भूअधिनत्व तथा प्राकृतिक स्रोत अध्ययन समिति टोली कोइँच गाउँ घुमेर स्थलगत अध्ययन गर्ने रगनी पुगेको हो । अध्ययन टोली अहिले कोइँच गाउँको सबभन्दा अग्लो चुचुरो देम्बा पुगेर कोइँच भूमिको व्यापारीक केन्द्र खिजी फलाटे हुँदै मेसेलमि, रामबाले, कोरमडाँडा, शाँदार ग्योर, कोटगाउँ, रागान पोइँबग्याम, देविथानको म्यापिङ गर्दै आज रागानको कोइँच वारे अध्ययनको क्रममा छ । Read the rest of this entry »
अरनिको यातायात समितिको स्टापले प्रितीमा कोइँच छोरीबुहारी माथि हातपात
चुप्लु दामलोच
२७ वैशाख, प्लेतति । अरनिको यातायात बा २ ख ४५३१ को कण्डक्टरले प्लेतति डाँडा गाउँका कोइँच तामिचाइमि -छोरी बुहारी) माथि जबर्जस्ती गर्ने दुस्प्रयास गरेका छन् । सिन्धुपाल्चोक कालिका गा.वि.स. का बुद्धिबहादुर भण्डारीले पानी खाने निहुमा घरभित्र पसी कोइँच तामि चाइमि माथि हातपात गर्ने दुस्प्रयास गरेका छन् । सो दोषी भण्डारीलाई अहिले प्रिती प्रहरी चौकी जिँगामलीमा सरजिमिन गरी थप कारवाहीको लागि जिल्ला चलन गरिँदै छ । यस घटनाले कोइँच वस्तीमा विकासको नाममा विनासको कार्य पनि सँगसँगै भइरहेको पुष्टी गर्दा छ । यस्ता घटनाले कोइँचहरुले आफ्नो सुरक्षाको निम्ती एकजुट हुन आवश्यकता देखिन्छ । साथै त्यस्ता व्यक्तिहरुलाई कडाभन्दा कडा कारवाही गर्नु पर्ने पनि स्थानीयवासीहरुको भनाइ रहेको छ । हामी कोइँच -सुनुवार) बेलैमा सचेत नहुने हो भने यस्ता गलत क्रियाकलाप गर्नेहरु दिन प्रति दिन बढ्दै जाने छन् ।
जिजिच र गरशि याअताको पूर्ख्यौली थलो इ तारलाङ तुरलुङ कुरशा ख्लाअतिनु गो ग्युशरा माबोअनुङा ?
चुप्लु दाम्लोच
१६ वैशाख, नेपाने हाँवा । सुनुवार सेवा समाज अध्यक्ष खुशबहादुर सुनुवार र स्थानीय एक बजुको संवादले भने कोइँच गाउँ वस्तीको ठेट अनुभूति दिएको छ । सुनसान साँझ सात बजेको समय । रात पर्न लागेको छ । बाटो मुनि ती लाउरेनी बजु पानी थाप्दै छिन् । खुशबहादुर तन्की तन्की हर्ेछन् । पानीको धाराबाट कालो पोलिथिन पाइप जोडेर पानी थापिएको छ । जर्कीनमा पानी भरिनै लाग्छ बोल्छन् खुशबहादुर- जइमसि एँ बागे । बÞाकु दाइना दाइना बाअतिनि । ग्युशरा माबोअचा । गो बÞाकु ख्लाअÞताङ । प्रतिउत्तरमा लाउरेनि बाजु जुरुक्क उठ्छन् र भन्छिन्- इ तारलाङ तुरलुङ कुरशा ख्लाअतिनु गो ग्युशरा माबोअनुङा आँथे – गलाला हाँसोको फोहरा छुट्छा । मौलिक कोइँच गाउँको यो हाँसो ठाट्यौलिसँगै जिजिच तथा गर्शि याअताहरुको पूर्ख्यौली थलो ठूलो पातालको पुरानो गाउँबाट अध्ययन यात्रा शुरु गरेर हाँवा हुँदै झाँक्रे बसेरीमा अन्त भएको छ । अहिले अध्ययन टोली रामेछाप जिल्लाको राशनाइलुका जिजिच, बाम्ना तथा गर्शि याअता, दारखाच भनिने जेस्पुच, जेँतिचहरुको पुर्ख्यौलि थलोेको अध्ययनको क्रममा छ । उक्त अवसरमा ६६ वर्सिया शेरवहादुर, दलबहादुर, पोइँब जयबहादुर जिजिच, आराधना चर्चका अगुवा, चिहनडाँडाका रावाचहरुको पुर्खा ८४ वर्सीय बुद्धिबहादुर, पुर्णमायालाई भेट गरी रावाच, जिजिचको पुर्ख्यौली थलो उनीहरुको मुइलि र मुइग्यो, उत्पत्तिको कथा बारे जानकारी तथा भौगोलिक सूचना संंकलन गरिएको जानकारी प्राप्त भएको छ । त्यसै गरी गारशि याअताका वारेमा हरिबहादुर, खड्ग, खुश, बिर, नरबहादुरसँग जानकारी लिएको पनि जनाएको छ । जिजिचको पुरख्यौलि थालो दोलखा जिल्लाको नाङ्ले, आहाले, मिरगे बङ्जाधारा, झाँक्रे खोलाभित्र रहेको जानकारी प्राप्त भएको छ भने रावाचहरु रावा खोलाबाट आएका सत्वा जेँतिच भएकेा पनि जानकारी भएको छ । उनीहरुका मुइलि, मुइग्योले पनि सो कुरालाई प्रमाणित गरेको छ । उक्त सूचनाहरुलाई सम्बन्धित व्यक्तिबाट नै स्वराङ्कन गरिएको छ । गर्शि याअताको पुरख्यौली थलो भने हाँवा भए पनि उनीहरुको शिकार क्षेत्र रहेका तर मूल थलो भने दारखा गैरी भएको जानकारी प्राप्त भएको बताइएको छ । हाँवा गा वि सको शाँदारथान, भिमसेन थान र भूमेथानको पनि भौगोलिक सूचना सङ्कलन गरिएको छ ।














